सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा महिलाको शव फेला

२०७६ चैत्र ११, ०४:२१ डीवि विष्ट

बझाङ: बझाङमा एक महिलाको शव फेला परेको छ। जिल्लाकोे केदार स्यँु गाउँपालिका– १ धर्मघाटको भिरमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले बताए।

बझाङ र बैतडीको सिमा रहेको उक्त स्थानमा ती अन्दाजी ४०/५० वार्षीया महिलाको शव फेला परेको उनले बताए। शवलाई सोमबार डोटीबाट आएको सशस्त्र प्रहरीकोे रेस्क्यु टोली र बझाङबाट गएको सशस्त्र प्रहरीको टोली र प्रहरी मिलेर भिरबाट निकालेकोे सशस्त्र प्रहरी बल बझाङका डिएसपी गणेश शाहिले बताए।  

उनका शव सडेको र किरा परेको अवस्थामा भिरबाट निकालिएको थियो। भिरबाट लडेर महिलाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

मृतक महिलाको पहिचान अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बमले बताए। मृतक महिलाले रातोमा सेतो र पहेलो धर्का भएको स्विटर, हरियोमा गुलाबी फुलबुट्टा भएको धोती, हरियो पेटिकोट लगाएकी थिइन। घाटीमा हरियो र पहेलो दाना भएको २ वटा पोते, हातमा चादीको बाला र प्लाष्टिकको चुरा लगाएको उनले बताए। 

उक्त शवको पहिचान हुन आएमा मृतकका आफन्तलाई जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क गर्नहुन प्रहरीले अनुरोध गरेको छ।

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस