Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सुदूरपश्चिम सरकारले कोरोना रोकथामका लागि स्थानीय तहलाई ३ करोड दिने

खवर संवाददाता
२०७६ चैत्र ११, ०४:१०
अ+

सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा रोकथामका लागि स्थानीय तहलाई झण्डै तीन करोड उपलब्ध गराउने भएको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना रोकथामका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ नगरपालिकालाई चार लाख र ५४ वटा गाउँपालिकालाई तीन लाखका दरले बजेट दिने निर्णय भएको जानकारी दिए।

जसअनुसार ५४ वटा गाउँपालिकाले तीन लाखका दरले एक करोड ६२ लाख र ३३ वटा नगरपालिकाले एक करोड ३२ लाख पाउँनेछन्। 

 

Skip Ad