सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टामा अलपत्र नेपालीलाई प्रवेश अनुमती, स्थानीय तहको क्वारेन्टाइनमा राखिने

२०७६ चैत्र ११, ०३:२९ खबर संवाददाता

धनगढी: नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गराउनका लागि स्थानीय प्रशासनले अनुमती पाएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेपछि सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशको अनुमती प्राप्त भएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अहिले दशगजा क्षेत्रमा पुगेका नेपालीहरुको विवरण तयार भईरहेको बताए। उनले भने, ‘विवरण संकलनपछि स्वास्थ्य परिक्षणपछि आज साँझ सम्म उनीहरुलाई नेपाल प्रवेश गर्न दिईने छ। उनीहरुलाई गन्तव्य सम्म पुगाउने व्यवस्था पनि हुनेछ।’

उनका अनुसार प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने समेत निर्णय भएको छ। अहिले गौरीफन्टा नाकामा झण्डै साढे नौँ सय नेपाली अलपत्र छन्। हिजो साँझदेखि उनीहरु दशगजा क्षेत्रमै बसेका छन्।

कमेन्ट लोड गर्नुस