सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना कोषलाई कांग्रेसको ५० लाख सहयोग

२०७६ चैत्र ११, ०२:४३ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले घोषणा गरेको कोरोना कोषलाई ५० लाख सहयोग गर्ने भएको छ। कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग गर्ने भएका हुन। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति निकालेर पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेका छन्।

‘संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदले १५ दिन बराबरको रकम कोषमा उपलब्ध गराउने’ खाँणले निकालेको विज्ञप्तिमा भनिएको छ।
 

कमेन्ट लोड गर्नुस