सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनले नेपाललाई सहयोग गर्ने

२०७६ चैत्र ११, ०८:००

कोरोना भाइरस (कोभिन–१९) को संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुनः दोर्होयाएको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी छिन्। सरकारले नेपाललाई एक साताका लागि लकडाउन गरेका बेला उनको नयाँ भनाई आएको हो। उनले ट्विटरमा लेखेकि छिन्, ’हामी नेपालका लागि प्रार्थना गर्दैछौं’, हामी नेपालका साथीहरुलाई सहयोग र्पुयाउन तत्पर छौं। चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं।’ 

उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन्।’ तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौं’, उनले भनेकी छन्।  कोरोना भाइरसविरुद्ध लड्न नेपालले चीनबाट १९ थरी भन्दा धेरै स्वास्थ्य सामाग्री ल्याउने तयारी गरेको छ।

चीनले सहयोग गर्न तयार रहेको बताएपछि स्वास्थ्य मन्त्रालयले जहाज चार्टर्ड गरेर चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामाग्री केही दिनमै ल्याउँदैछ। गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोरोना भाइरसविरुद्धको कठिन संघर्षमा चीन लगभग विजयी भइसकेको छ। 

कमेन्ट लोड गर्नुस