सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईमा भिसा सकिएर वा नेपाल फर्कन नपाएर समस्यामा पर्नुभएको छ? दूतावासमा सम्पर्क गनुहोस्

२०७६ चैत्र १०, ०५:३०

यूएईमा हुनुहुन्छ र भिसा सकिएर वा नेपाल फर्किन नपाएर समस्यामा पर्नु भएको छ भने नआत्तिनुहोस्। तपाईँंको कम्पनीले काम नदिएकोले खान बस्न समस्या भएको छ भने पनि सिधै आबुधाबीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस्।

दूतावासले समस्या समाधानमा सहयोग गर्ने भएको छ। यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितीले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने बताएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए।

समस्यामा परेका नेपालीको संख्या दैनिक बढेकोप्रति दूतावासले आइतबार यूएईको पररास्ट्र मन्त्रालयमार्फत कुटनैतिक पत्राचार गरेको थियो। पत्रचारपछि सोमबार यूएईका विभिन्न निकायमा सम्पर्क गरेर समस्यामा परेका नेपाली नागरिकका विषयमा कुरा उठाएको र दूतावासमार्फत नै यसको समाधान गरिने पनि उनले बताए।

दूतावासले त्यसरी समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई सम्पर्क व्यक्ति तोकेर काम गरिरहेको छ। कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, सामाजिक संघसस्था तथा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस