सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा आकस्मिक र ज्वरो परिक्षण बाहेक सबै सेवा बन्द

२०७६ चैत्र १०, ०४:४१ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गरिने जनाइएको छ।

सोमबार अस्पतालले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउने उदेश्यका कारण  ११ गतेदेखि आकस्मिक सेवा र ज्वरो परिक्षण बाहेक अन्य ओपिडी सेवा बन्द गर्ने जनाएको छ। 

अर्को सूचना नभएसम्मका लागि सबै सेवा बन्द गरिने अस्पतालका मेसु डा हेमराज पाण्डले बताए। 

कमेन्ट लोड गर्नुस