सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतस्थित नेपाली राजदुतावासले भन्यो- तत्काल बसोबास भएकै स्थानमा सुरक्षित बस्नुस्

२०७६ चैत्र १०, ०३:२८ खबर संवाददाता

धनगढी: नेपाली राजदुतावासले भारतमा रहेका नेपालीलाई तत्काल बसोबास भएकै स्नानमा सुरक्षित रुपमा बस्न अपिल गरेको छ। कोभिड–१९ ले निम्त्यिाएको विश्व व्यापी स्वास्थ्य महामारी सुरक्षीत हुन दुवै देशका सरकारले जारी गरेका निर्देशनको पालन गर्दै आफू र आफ्नो परिवार सुरक्षित रुपमा रहन अपिल गरेको हो।

 

दुतावासले जारी गरेको अपिल पत्र जारी गर्दै नियमित बसोबास भएकै स्थानमा सुरक्षित बस्न तथा अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरेको छ। कोभिट–१९ को महामारीबाट बच्न भारतमा सबै प्रकारका सवारी साधन रोक लगाईएको छ भने नेपाल सरकारले पनि आज बिहान १० बजेदेखि लागु हुनेगरी एक हप्ताका लागि सीमा नाका बन्द गरिसकेको छ।   
 

कमेन्ट लोड गर्नुस