सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ कारागारमा खानेपानीको अभाव

२०७६ चैत्र १०, ०२:४३

बझाङ: जिल्ला कारागार बझाङमा खानेपानीको समस्या भएको छ। खानेपानीको समस्याका कारण कैदीबन्दीलाई खान पकाउन, पानी पिउन र सरसफाइ गर्न समस्या हँुदै आएको छ। ‘ङ’ श्रेणीमा रहेको जिल्ला कारागार बझाङमा थुनुवा र कैदीबन्दी गरेर ६० जना भएकाले खान तथा सरसफाइ गर्न पानी अपुग भएको हो। पानीको एक धारा छ, कहिले आउँछ/आउँदैन, पानी बनाएर ल्यायो भने बीच बाटोमै अरुले प्रयोग गर्न पाइपलाइन छुटाउने गरेको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताए।

कारागारमा ४२ कैदीबन्दी छन् भने १८ थुनुवा छन्। सुरक्षाकर्मी गरेर ८० जनाभन्दा बढी कारागारमा बस्ने गरेका छन्। खाना पकाउनकै लागि तयारी गरेर पानी भर्न लागेमा एक जनाले २४ घण्टा खानेपानीकै ड्युटी गर्नुपर्ने अवस्था छ।
 खाना पकाउन र नुहाउनको त कुरै नगरौँ, शौचालयमा समेत पानी छैन। गर्मीयाम बढेसँगै रोगको त्रास फैलिरहेको बेला जिल्ला कारागारजस्तो संवेदनशील ठाउँमा खानेपानी नभएकामा कसैले चासो नदेखाएको कारागारका नाइके खड्काले बताए।

“हामीले फोहर गाडीमा हालिदिन्छौँ तपाईं गाडी मात्रै पठाइदिनुहोस् भन्दा पनि जयपृथ्वी नगरपालिकाले कुनै चासो नदेखाएको जेलर झलक रोकायाले बताए। खानेपानीका पाइप केही दिनमा व्यवस्थित गर्ने रोकायाले बताए। जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गल शाहीले भने, “अघिल्लो चोटी ल्याएका डस्टविन बजारमा वितरण गरेर नबचेकाले अब फेरि मगाउने तयारीमा रहेको र फोहर उठाउने गाडी केही दिनभित्रै कारागारमा पठाउने गृहकार्य भइरहेको छ।” -रासस
 

कमेन्ट लोड गर्नुस