सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियार महेन्द्रनगरका कर्मचारीले ३ दिनको तलब कोरोनाको आपतकालीन कोषमा जम्मा गर्ने

२०७६ चैत्र १०, ०२:०५ खबर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका कर्मचारीले तीन दिनको तलब कोरोनाको आपतकालीन कोषमा जम्मा गर्ने भएका छन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिट–१९) को जोखिम सामना गर्न नेपाल सरकारले खडा गरेको आपतकालीन कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको अख्तियारले जनाएको छ।

अख्तियारको कार्यालय महेन्द्रनगरमा कार्यरत ४९ जना कर्मचारी मध्ये प्रहरी हवल्दार, प्रहरी जवान तथा कार्यालय सहयोगी सहितका १८ कर्मचारीले एक दिन बराबरको र कार्यालय प्रमुख सहितका ३१ कर्मचारीले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए। ४९ जना कर्मचारीबाट आपतकालीन कोषमा एक लाख ३७ हजार छ सय ३८ रुपैँया जम्मा हुने विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस