सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कोराना नआओस भन्दै सत्यनारायणको पूजा

२०७६ चैत्र १०, १२:१३ खबर संवाददाता

धनगढी : डोटीमा कोराना नआओस भन्दै सत्यनारायणको पूजा गरिएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ मा रहेको भागेश्वर देवस्थलमा कोरोना नआओस् भन्दै सत्यनारायणको पूजा गरिएको हो।

कालागाड बजार व्यवस्थापनको आयोजनामा सत्यनारायणको पूजा गरिएको भागेश्वर, कपडौँती, सालमुनी, देवस्थल सेवा समितिका अध्यक्ष गोरख बहादुर बोगटी बताए।

‘कोरोना भाईरसले विश्व नै आतंकित भएका वेला हाम्रो तिर कुनैपनि मानविय क्षति नहोस् भन्दै सत्यनारायणको पूजा गरिएको हो’ उनले भने, ‘भोली भागेश्वर अन्तरगतकै सालमुनीमा समेत बली चढाउने तयारी भईरहेको छ।’

कमेन्ट लोड गर्नुस