सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा विओपी बस्ने स्थानको निरिक्षण गरी सशस्त्रको टोली फर्कियो

२०७६ चैत्र ९, ०७:४७ खबर संवाददाता

दार्चुला: दार्चुलामा विओपी बस्ने स्थानको निरिक्षणगरेर सशस्त्र प्रहरीको टोली फर्किएको छ।

सशस्त्र प्रहरीबल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाबाट गत मंगलबार पङसेरा–दुम्लीङहुँदै छाङरुतर्फ हिँडेको सशस्त्र प्रहरी नायब उपरिक्षक डम्बर बहादुर बिष्टको कमान्डमा खटिएको १५ जनाको टोली आज फर्किएको हो। 

जिल्लाको व्यास गाउँपालिका– १ मा बस्ने विओपीको लागि मन्त्रीपरिषद्को बैठकबाट जग्गा प्रदान गर्ने निर्णय भइसेकाले उक्त स्थानको निरिक्षण गरेर फर्किएको सशस्त्र प्रहरी नायब उपरिक्षक बिष्टले बताए।

कमेन्ट लोड गर्नुस