सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना रोकथामका लागि साढे ११ करोड माग्यो
२०७६ चैत्र ९, ०७:२८
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लाथि साढे ११ करोड बजेट माग गरेको छ।
मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलिन नदिन रोकथाम तथा व्यवस्थापनका लागि साढे ११ करोड माग गरिएको जानकारी दिए।
कार्कीले प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थाहरुका लागि उक्त बजेट माग गरिएको बताए।
कमेन्ट लोड गर्नुस