धनगढीका व्यापारीद्वारा माक्स वितरण
२०७६ चैत्र ९, ०६:४१
धनगढी: कोरोना भाइसरको जोखिमबाट बच्नको लागि धनगढीका व्यापारीले माक्स वितरण गरेका छन्। धनगढीमा रहेका आरडी मेट डोर हाउस, मोडन तयारी पोशाक र भगत टेण्ट हाउसका संञ्चालकहरु मिलेर अटो चालकहरुलाई मास्क वितरण गरेका हुन्।
अटोमा धनगढीवासी बढी आवातजावात गर्ने हुदा चालकलाई माक्स वितरण गरिएको उनले बताए। त्यसका साथै कैलाली पुलनजिक हातधुने व्यवस्था समेत मिलाइएको आरडी मेट डोर हाउसका संञ्चालक रितेश अग्रवालले बताए।
कमेन्ट लोड गर्नुस