सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नुन लिनेको भिड लाग्न थालेपछि प्रशासनद्वारा नुन वितरणमा रोक

२०७६ चैत्र ९, ०५:५१ खबर संवाददाता

बझाङ: बझाङको सदरमुकाम चैनपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपोमा नुन लिनेका भिड लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले नुन वितरणमा रोक लगाएको छ। कोरोना भाइरसका कारण नाका बन्दहुने र कुनैपनि सामान आयात नहुने भन्ने हल्लाका कारण डिपोमा नुन लिनेको भिड लागेको थियो। 

केहीदिन अघिसम्म दिनमा ५० जनादेखि एक सय पचास जनाले आयोडिन नुन लिने गरेकको भएपनि पछिल्लो तिन÷चार दिनयता भने दैनिक चार सय देखि ८ सय सम्म स्थानीय नुन लिन पुग्ने गरेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपोका प्रमुख टेकबहादुर बोहराले बताए। 

नुन सक्किने र नपाइने भन्ने हल्लाका कारण नुन लिनेहरुको भिड बढेकाले प्रशासनले त्यसमा रोक लगाएको उनले बताए। उनले शाखामा झण्डै १५ सय क्विन्टल भन्दाबढी नुन मौज्दात रहेको र यस आर्थिक वर्षको कोटाको नुन समेत ढुवानी भइरहेका कारण नुनको अभाव ननहुने र हल्लाकापछि नलाग्न जिल्लावासीमा आग्रह गरेको छन्।  

सरकारले २५ जनाको संख्याभन्दा बढीको भिडभाड नगर्न आग्रह गरेतापनि नुन लिने ठाँउमा ३÷४ सय भन्दा बढीको भिड लागेपछि सरकारको निर्णय अनुसारनै नुन वितरणमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

कमेन्ट लोड गर्नुस