सोमबारदेखि अत्तरिया बजार बन्द हुने
कैलाली: कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया बजार सोमबारदेखि बन्द हुने भएको छ। गोदावरी नगरपालिकाको कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले भोलीवाट लागूहूनेगरि अत्तरिया बजारलाई बन्द गर्ने निर्णय गरेको हो।
बजार क्षेत्रमा रहेका अत्यावश्यक पसलहरु बाहेकका अन्य सबै व्यवसाय भोलीदेखि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताए।
अत्यावश्यक व्यवसाय खाद्यान्न, होटल, ग्यास र मेडिकल सेवा बन्द नहुने जनाइएको छ।