सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटना

२०७६ चैत्र ९, ०३:३९ खबर संवाददाता

बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परेको छ। धनगढी आउँदै गरेको जय मालिका यातायात प्रालीको बा ३ख४४१० नम्बरको बस अछामको चौरपाटी गाउँपालिकाको मार्कुमा दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले दुर्घटनामा चालक श्याम राना सहित बसमा सवार तीन जना घाईते भएको जानकारी दिए।

बसमा अन्य यात्रु भने सवार नरहेको बताउँदै उनले घाईते तीन जनाको अवस्था पनि खतरामुक्त रहेको जनाए। 
 

कमेन्ट लोड गर्नुस