सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीचुहाको भवनमा प्रयोग भएका दुई नम्बरी ईटा हटाउन उपमेयरको निर्देशन

२०७६ चैत्र ९, ०२:१६ खबर संवाददाता

 कैलालीको लम्कीचुहा नगरपालिकाको भवन निर्माणमा दुई नम्बरी ईटा प्रयोग भईरहेको समाचार आएपछि उपमेयर टीका थापाले अनुगमन गरेकी छन्। अनुगमन समितिकी संयोजक समेत रहेकी थापाले भवन निर्माणका क्रममा प्रयोग भएका दुई नम्बर ईटा झिक्न निर्देशन दिदै एक नम्बर ईटाको प्रयोग गर्न आग्रह गरेकी छन्।

उनले दुई नम्बरी ईटा प्रयोग गर्नूको कारण सोध्दा  भवन निर्माण गरिरहेको श्याम सुन्दर सावद जेभीले स्पष्ट जवाफ दिन सकेन। तर निर्माण स्थलमा रहेका जेभीका माधव पाण्डेले दुई नम्बरी ईटा प्रयोग नभएको दावी गरेका थिए। पाण्डेले भवनको छत ढलान गर्दा बाँसको टेका लगाउन भन्दै खरिद गरिएको बताउँदै आएका छन्।

उपमेयर थापाले दुई नम्बरी ईटा प्रयोग गरी निर्माण भए बिल पास नगर्ने चेतावनी समेत दिएकी छन्। उपमेयर थापा नगरपालिकाका इन्जिनीयर सहितको टोली लिएर भवन निर्माण स्थल पुगेकी थिईन्। श्याम सुन्दर सावद जेभीले दुई करोड ६३ लाखमा ठेक्का पाएको भवनको पहिलो तला गत वर्षको भदौँमै निर्माण सम्पन्न गरेको थियो। तर नगरपालिकाले भने अहिले पनि मासिक ५१ हजार बढि भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस