कैलालीमा सीमाको आवागमन रोक्न सशस्त्र प्रहरी परिचालन
कैलालीको गौरीफन्टा र खक्रौला बाहेकका नाकामा भईरहेको आवागनम रोक्न सशस्त्र प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कमल तिम्लिसिनाले गौरीफन्टा र खक्रौला बाहेकका नाकाको आवागमन रोक्न छुट्टाछुट्टै टोली परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार जिल्लाका झण्डै ३२ स्थानमा आवागमन रोक्न सशस्त्र प्रहरीका टोलीहरु परिचालन गरिएका हुन्। स्थानीय प्रशासनले भारतसँगको सहमतीमा अन्य गौरीफन्टा बाहेकका नाकाको आवागमन रोक्ने निर्णय गरेको थियो। तर स्थानीयले उक्त निर्णयको अवज्ञा गरेको भेटिएपछि कडाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै सशस्त्र प्रहरीले सीमानाकामा हेल्थ डेस्क समेत सञ्चालनमा ल्याएको छ।