सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बिस्फोट, एकजनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र ९, ०१:०३ खबर संवाददाता

कैलालीको गोदावरीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने बस्तु बिस्फोट हुँदा   ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर बिकको मृत्यु भएको बताए।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटना स्थल तर्फ प्रस्थान गरेको छ। 

कमेन्ट लोड गर्नुस