सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहा नगरपालिकाको भवन निर्माणमा दुई नम्बरी ईटा प्रयोग

२०७६ चैत्र ९, ११:२० खबर संवाददाता

कैलालीको लम्कीचुहा नगरपालिकाको भवन निर्माणमा दुई नम्बरी ईटा प्रयोग भईरहेको पाईएको छ। भवन निर्माण गरिरहेको श्याम सुन्दर सावद जेभीले भवन निर्माणमा दुई नम्बरी ईटा प्रयोग गरिरहेको हो। भवनको छत ढलान गर्दा बाँसको टेका लगाउन भन्दै खरिद गरिएका ईटा निर्माणमा प्रयोग भएको देखिएको छ।

दुई नम्बरी ईटा भवनको वाल निर्माण प्रयोग गरिएपनि निर्माण व्यवसायीले भने उक्त कुरामा सत्यता नरहेको दावी गरिरहेका छन्। श्याम सुन्दर सावद जेभीका माधव पाण्डेले छत ढलानका लागि ईटा खरिद गरी ल्याएको भएपनि प्रयोग नगरिएको बताए।  

जेभीले दुई करोड ६३ लाखमा ठेक्का पाएको भवनको पहिलो तला गत वर्षको भदौँमै निर्माण सम्पन्न गरेको थियो। तर नगरपालिकाले भने अहिले पनि मासिक ५१ हजार बढि भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस