सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना

२०७६ चैत्र ९, १०:१०

धनगढी - सुन्दर सुदूरपीश्चम यातायात प्रालिले एमपिडिएसको प्राबधिक सहयोग र जनस्वास्थ्य कार्यालयको सहकार्यमा धनगढी बसपार्कमा हेल्थडेस्कको स्थापना गरेको छ ।  

धनगढी बसपार्कमा पनि स्वास्थ्य सहायता कक्ष(हेल्थ डेस्क) स्थापना गरिएको हो। स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाको सहयोगमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिले जनाएको छ। 

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए। 

‘बसर्पाकमा भिडभाड हुने भएकाले कोरोनाको संक्रमणको खतरा छ, त्यसैले मास्क वितरण र स्वास्थ्य परिक्षणको व्यवस्था गरेका हौ’ उनले भने। 

कमेन्ट लोड गर्नुस