सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरानाबाट बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मृत्यु

२०७६ चैत्र ९, ०७:०८ खबर संवाददाता

कोभिड–१९ संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ। संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ बर्षीय लीलाबहादुृर राईको मंगलबार मृत्यु भएको हो।

संखृुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अनुसार लन्डनस्थित नर्थ्विक पार्क अस्पतालले फोनमार्फत कोभिड १९ का कारण राईको मृत्यु भएको जानकारी गराएको छ।

अस्पतालले परिवारका सबै सदस्यलाई १४ दिनसम्म आइसोलेसनमा बस्न पनि भनेको छ। यसबारे लिखित रिपोर्ट भने अस्पतालले सोमबार मात्र दिने भएको छ। कान्तिपुर दैनिकबाट 
 

कमेन्ट लोड गर्नुस