सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ चैत्र ८, ०८:२० खबर संवाददाता

बझाङ- भीरबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बिथर–चिर गाउँपालिका वडा नम्बर ४ की ४२ वर्षिया सीता देवि बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष कलक बोहराले जानकारी दिए।

उनी मल्ला भतडाकी हुन्। उनका श्रीमान, दुई छोरा र ३ छोरी तथा एक बुहारी रहेका छन्। उनी घाँसकाट्ने क्रममा भिरवाट लडेर करिव ७ मिटर तल खेसेकी र उनको घटना स्थलमै मृत्युु भएको अध्यक्ष बोहराले बताए।

कमेन्ट लोड गर्नुस