सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका होटल व्यवसायीले भने– होटलका कोठालाई आइसोलेसन कक्ष बनाउन तयार छौ

२०७६ चैत्र ८, ०६:०८ खबर संवाददाता

धनगढी: होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमले आपतकालिन अवस्थामा प्रदेशभरीका होटल व्यवसायीहरु होटलका कोठालाई आइसोलेसन कक्ष बनाउन तयार रहेको बताएको छ।

महासंघले आइतबार विज्ञप्ति निकाल्दै कोभिड– १९ को महामारी फैलिएका बेला आवश्यक परे सम्पूर्ण होटल बेडलाई आइसोलेनका बेड बनाउन प्रतिबद्ध रहेको जनाइएको छ। 

महासंघका अध्यक्ष दिपकबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशभरीका होटलहरुलाई भिडभाड हुने तालिम, सेमीनार, जन्मदिन तथा पार्टीहरु आयोजना नगर्न अनुरोध समेत गरिएको छ। 

‘होटल व्यवसायी महासंघ केन्द्रिय कार्यालयको मिती २०७६ चैत ८ गतेको निर्णय अनुसार हामीले हाम्रो तर्फबाट गर्न सकिने अन्य सहयोग र समन्वयका लागि सदैव तत्पर रहेको व्यहोरा समेत सम्बन्धीत सरोकारवालाहरुलाई जानकारी गराउँदै यस कठिन परिस्थितीमा सरकारलाई  सघाउन तयार छौ’ विज्ञप्तिमा भनीएको छ। 

कमेन्ट लोड गर्नुस