सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड- १९ का कारण बझाङमा नुन किन्नेहरुको घुँइचो

२०७६ चैत्र ८, ०१:३९

बझाङ: विश्वभर फैलिरहेको कोभिड–१९ का कारण अत्यावश्यक दैनिक उपभोग्य सामानको अभाव हुने हल्ला चलेपछि बझाङमा नुन किन्नेहरुको घुँइचो लागेको छ। आयोडीनयुक्त नुन भातरबाट आयात हुने भएका कारण नाका बन्द हुने र कुनै पनि सामान आयात नहुने हल्ला चलेपछि सदरमुकाम चैनपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डीपो कार्यालयमा नुन किन्नेको घुँइचो लागेको छ। 

केहीदिन अघिसम्म दिनमा ५० जनादेखि एक सय पचास जनाले आयोडीन नुन लिन गरेका भएपनि पछिल्लो तीन चार दिन यता भने दैनिक चार सय देखी ८ सय सम्म स्थानीय आयोडीन नुन लिन पुग्ने गरेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डीपो कार्यालय बझाङका कार्यालय प्रमुख टेकबहादुर बोहराले बताए। 

हल्लाका कारण यो भिडभाड बढी हुने गरेको बताउदै उनले शाखामा झण्डै १५ सय क्विन्टल भन्दा बढी नुन मौज्दात रहेको र यस आर्थिक वर्षको कोटाको नुनसमेत ढुवानी भइरहेका कारण हल्लाकापछि नलाग्न जिल्लवासीलाई गरेका छन्। 

कमेन्ट लोड गर्नुस