सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाडीका देश र मलेसियामा कोरोना संक्रमितको संख्या बढ्दो, समस्या परे यी ठाउँमा सम्पर्क गर्नुहोस्

२०७६ चैत्र ७, ११:०१ खबर संवाददाता

नेपाली कार्यरत मलेसिया र खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या शुक्रबार बिहानसम्म २२ सय ४८ पुगेको छ ।  खाडीका देशको तुलनामा मलेसियामा सङ्क्रमितको सङ्ख्या धेरै छ। मलेसियामा अहिलेसम्म ९ सय जनामा सङ्क्रमण देखिएको छ। 

विश्वका एक सय ८० देशका २ लाख ४५ हजार ६७१ मा सङ्क्रमण फैलिसकेको छ। १० हजार ४९ जनाको ज्यान गएको छ भने ८८ हजार चार सय ४१ जना निको भएका छन्।

यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखिए पनि खाडीका बाँकी देश र मलेसियामा अहिलेसम्म नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छैन। तपाईँ कार्यरत खाडीका देशमा कहाँ कस्तो अवस्था छ र समस्या परे कहाँ सम्पर्क गर्ने त?

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :-

कतार

सङ्क्रमित सङ्ख्या : ४ सय ६०

निको भएर घर फिरेकाहरु : १०

अस्पतालमा उपचाररत : ४ सय ५०

कतार सरकारको सल्लाह :-

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस्। 

भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस्। 

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस्। 

नेपाली दूतावासले गर्ने काम र सम्पर्क नम्बर :-

कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ। 

दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ।

मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ। 

नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ।  

यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

यूएई

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन्। मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ। 

सङ्क्रमित सङ्ख्या : १ सय ४०

निको भएर घर फिरेकाहरु : ३१

अस्पतालमा उपचाररत स् दुई जना नेपालीसहित १०९

यूएई सरकारको सल्लाह :-

पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस्। 

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस्। 

यूएईको  Ministry of Health and Prevention- ( मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस्। 

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । 

भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोवाईल एपहरु गर्नुहोस्। 

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ। 

साउदी अरेबिया 

सङ्क्रमित सङ्ख्या : २ सय ७४

निको भएर घर फिरेकाहरु :  ८

अस्पतालमा उपचाररत :  २ सय ६६

साउदी सरकारको सल्लाह  :-

सरकारले कोरोना भाइरस परीक्षणको लागि (Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल) लाई आधिकारिक प्रयोगशाला तोकेको छ। त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस्। 

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस्। 

कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस्। 

अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ९६६१४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस्।

बहराइन 
बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन्। बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ। 

सङ्क्रमित सङ्ख्या : २ सय ७८’

निको भएर घर फिरेकाहरु : ११०

अस्पतालमा उपचाररत : १ सय ६७

मृतकको सङ्ख्या : १

बहराइन सरकारको सल्लाह :-

अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ। 

सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ। 

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ। 

कुवेत 
कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन्। गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ। 

सङ्क्रमित सङ्ख्या : १ सय ४८

निको भएर घर फिरेकाहरु : १८

अस्पतालमा उपचाररत : १ सय ३०

कुवेत सरकारको सल्लाह :-

सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस्।

घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस्। कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस्। 

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस्।

 कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस्। 

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस्। 

ओमान 

सङ्क्रमित सङ्ख्या : ४८

निको भएर घर फिरेकाहरु : १३

अस्पतालमा उपचाररत : ३५

ओमान सरकारको सल्लाह :-

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस्। 

ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस्। 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ।

मलेसिया 

कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ। यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन्। यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ। 

सङ्क्रमित सङ्ख्या : ९००

निको भएर घर फिरेकाहरु : ७५

अस्पतालमा उपचाररत : ८ सय २३

मृतकको सङ्ख्या : २

मलेसिया सरकारको सल्लाह :-

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस्।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस्। 

कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ। 

मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन्। समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ।
 

कमेन्ट लोड गर्नुस