सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका ८ बढि गाउँका वासिन्दा विरामी, दुई नाबालकको मृत्युपछि स्थानीय त्रासमा

२०७६ चैत्र ७, १०:४७ खबर संवाददाता

बाजुरा : जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगका कारण ८ बढि गाउँका वासिनदा विरामी परेका छन्। दुई नाबालकको मृत्यु भईसकेको छ। वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको हो। अहिले  सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेका छन्। 

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए। गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिए।

अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उहाँले बताए। यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन्। गत माघ महिनामा ती गाउँमा  भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो। गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ। प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिए।

यस्तै बाजुरामा कोेभिड–१९ को जाँचका लागि चार स्थानमा स्वास्थ्य सहायता कक्ष हेल्थ डेक्स स्थापना गरिने भएको छ। प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्र प्रवेश गर्ने नाकामा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस