दृष्टि फाउण्डेसनलाई दारी ग्याङद्वारा पाँच हजार सहयोग
धनगढी : दृष्टि फाउण्डेसनलाई दारी ग्याङ धनगढीले सहयोग गरेको छ। बुधबार राती फाउण्डेसनको स्कुटरमा आगजनी भएपछि दारी ग्याङ धनगढीले पाँच हजार आर्थिक सहयोग गरेको हो।
सडकमा रहेका मनोरोगी तथा असहाय महिलाहरुलाई आश्रय दिदै आएको दृष्टी फाउण्डेसनलाई नयाँ स्कुटर खरिद गर्न पाँच हजार सहयोग गरिएको दारी ग्याङ धनगढीले जनाएको छ।
‘दारी ग्याङ धनगढीको आकश्मिक अक्षयकोष बाट पाँच हजार सहयोग गरिएको हो। फाउण्डेसनको स्कुटरमा आगजनी गर्नु निन्दनिय छ।’ दारी ग्याङ धनगढीले दिनेश खवरलाई भन्यो।