सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ

२०७६ चैत्र ७, ०६:५९ खबर संवाददाता

धनगढी : कैलालीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका ९ डोङपुरका २४ बर्षीय रामस्वरुप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि चैत १ गते दिउसो १ बजे बसन्ता जंगलमा बाख्रा चराउन गएकी एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।

चैत ४ गते ईलाका प्रहरी कार्यालय भजनीमा जाहेरी दरखास्त भएकोमा ५ गते पक्राउ अनुमति लिइएको थियो। उनले कुटपिट गर्दै महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। ३ गते सम्म उपचारमा रहेकी ति महिलाले ४ गते उजुरी दिएकी हुन्। 

उनलाई ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताईन्। महिलालाई स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ।

कमेन्ट लोड गर्नुस