सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा दुर्घटना हुँदा तरुणदल अध्यक्षकी श्रीमतीको मृत्यु, अध्यक्षसहित दुई घाइते

दुर्घटनामा घाइते भएका नेपाल तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडी
दुर्घटनामा घाइते भएका नेपाल तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडी
२०७६ चैत्र ६, ०८:२८ डीवि विष्ट

बझाङ: बझाङमा मोटरसाईकल दुर्घटना हुँदा नेपाल तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडीकी श्रीमती उजली ऐडीको मृत्यु भएको छ।

जिल्लाको छविसपाथिभरा गाउँपालिकाको भाँडे बजारबाट घर जाने क्रममा खोला गाड भन्ने ठाउँमा भेनप ७६८१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मोटरसाईकलमा सवार विष्णु ऐडी र उनका ३ वर्षीय छोरा भने सामान्य घाइते भएका छन्। घाइते दुवैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बमले बताए।

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस