सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएका कैलालीका दुईजना सेती अस्पतालको आइसोलेसन वार्डमा भर्ना

२०७६ चैत्र ६, ०५:४५ खबर संवाददाता

धनगढी: कोरोना भाइरस(कोभिड–१९)को आशंकामा भारतबाट आएका दुईजना विरामी धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन्। 

दक्षिण भारत र दिल्लीबाट आएका उनीहरुलाई चेकजाँचपछि आइसोलेनमा भर्ना गरिएको अस्पतालको इर्मजेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले बताए। दुवैजनाको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको डा जोशीले बताए। 

यसअघि पनि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ४ जनाको नमूना संकलन गरिको थियो। र ती चारै जनाको रिपोर्ट नेगेटिभ आएको थियो। 

कमेन्ट लोड गर्नुस