धनगढीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते
धनगढी : धनगढीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते भएका छन्। बिहिबार धनगढी चौराह नजिक बझाङ जादै गरेको ना ७ ख ८५३ नम्वरको बसले से ३ प ९६९८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते भएका हुन्।
मोटरसाईकल चालक धनगढी उप–महानगरपालिका वडा नम्वर २ का परमानन्द जोशी र मोटरसाईकलमा सवार गोदावरी नगरपालिकाका २० बर्षीय विजय अवस्थी सामान्य घाईते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बस र चालक नियन्त्रणमा लिईएको दिनेश खवरलाई जानकारी दिए।