सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली: शिवशक्ति धार्मिक महोत्सवको आयव्यय सार्वजनिक, १९ लाख बचत

२०७६ चैत्र ६, ०४:२२ खबर संवाददाता

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका– ८ लिक्मामा फागुन ९ देखि १६ गतेसम्म संचालन भएको शिवशक्ति ज्ञानविज्ञान धार्मिक महोत्सवको आयव्याय सार्वजनिक गरिएको छ।

बिहिबार महोत्सव आयोजना स्थलमा पत्रकार सम्मेलन गरेर धार्मिक महोत्सवको आयव्याय सार्वजनिक गरिएको हो।  सम्मेलनमा महोत्सवबाट ३५ लाख ७२ हजार ४ सय ३७ आम्दानी भएको जानकारी दिइएको छ। जसमध्ये दानबाट २९ लाख ५९ हजार ७ सय ३७ र कलशबाट  ६ लाख १२ हजार सात सय आम्दानी भएको हो। 

त्यस्तै महोत्सवमा १६ लाख २७ हजार ८८  खर्च भएको जानकारी दिइएको छ। महोत्सवबाट १९ लाख ४५ हजार ३ सय ४९ बचत भएको महोत्सव आयोजक समारोह मुल समितिका अध्यक्ष दिपेन्द्र गिरीले जानकारी दिए।  

महोत्सव करिव १० हजारभन्दा बढीले अवलोकन तथा दर्शन गरेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस