सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एसईई दिन परिक्षा केन्द्र पुगेका विद्यार्थी फर्किदै

२०७६ चैत्र ६, ०७:२४ खबर संवाददाता

धनगढी : सरकारले अन्तिम समयमा आएर एसईई परिक्षा स्थगित गरेपछि विद्यार्थीमा अन्योलता बढेको छ। एक दिन अगाडी मात्रै एसईई परिक्षा स्थगित हुँदा धेरैलाई जानकारी समेत हुन सकेको छैन्। कैलालीका विभिन्न परिक्षा केन्द्रमा अहिले विद्यार्थीहरु परिक्षा दिन पुगिरहेका छन्। उनीहरु परिक्षा केन्द्रमा पुगेर फर्किरहेका छन्। 

सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थी झनै समस्यामा छन्। दुई, तीन दिनदेखि डेरा गरी बस्दै आएका परिक्षार्थी एसईई स्थगितको निर्णयपछि अन्योलमा परेका छन्। डडेल्धुराका शिक्षक अशोक बमले भने, ‘होम सेन्टर कतै पनि छैन्। कोही विद्यार्थी डेरा गरी बसेका छन् त केही आफन्तको घरमा छन्। एक दिन अगाडी मात्रै एसईई स्थगितको खवर आउँदा विद्यार्थी मात्रै होईन हामी पनि अन्योलमा छौ।’ उनका अनुसार एसईईको तयारीमा रहेका अधिकासं विद्यार्थी अहिले ईन्टरनेटको पहुँच बाहिर पनि भएकोले उनीहरुले परिक्षा स्थगित बारे जानकारी नै नपाउँन सक्ने सम्भावना छ। 

एसईईका लागि सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले पनि तयारी पूरा गरिसकेको थियो। सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तर पुस्तिकालगायत सामग्री पुगिसकेका थिए। प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार एक सय ४२, छात्रा २८ हजार तीन सय ९५ गरी जम्मा ५४ हजार ५३७ विद्यार्थी सहभागी हुने भनिएको थियो। एसइई सञ्चालनका लागि प्रदेशभरिमा दुई सय ११ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति भइसकेका थिए भने उनीहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक अभिमुखीकरण दिइसकिएको थियो।
 

कमेन्ट लोड गर्नुस