सुदूर नेपाललाई विश्वसँग जोड्दै

द कपिल शर्मा शोको सुटिङ स्थगित

२०७६ चैत्र ५, ०८:५९

कोरोना भाइरसको संक्रमण भारतमा पनि फैलिरहेको छ। भारतीय अधिकारीहरुका अनुसार १४५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कोरोना भाइरसको संक्रमण व्यापक फैलिन थालेपछि भारतका सबै राज्यले सतर्कता अपनाएका छन्।

यसैबीच कोरोना भाइरसको महामारीले हिन्दी सिनेमा बलिउड ठप्प भएको छ। महराष्ट्र प्रदेशले त्यहाँ सबै सिनेमा हल बन्द गर्न निर्देशन दिइसकेका छन्। समाचार अनुसार कोरोना भाइरसकै कारण बलिउडका धेरै फिल्मको सुटिङ रोकिएका छन् भने टिभी शोका सुटिङहरु पनि स्थगित गरिएका छन्।

भारतीय समाचार एजेन्सीका अनुसार प्रख्यात कमेडी शो द कपिल शो शर्माको सुटिङ पनि स्थगित गरिएको छ। सोनीबाट प्रसारण हुने टिभी शो कोरोना भाइरसको संक्रमणकै डरले स्थगित गर्नुपरेको बताइएको छ।

त्यस्तै संजय लीला भन्सालीको आगामी फिल्म गंगुबाई काठियावाडीको सुटिङ पनि रोकिएको छ। फिल्ममा आलिया भट्टले अभिनय गरेकी छन्। मुम्बईका कमशिनरले फिल्म सिटीमा भइरहेका सबै सुटिङ स्थगित गर्न निर्देशन दिएका थिए। जसका कारण कसौटी जिन्दगी की २ पनि प्रभावित बनेको छ। फिल्म सिटी ३१ मार्चसम्म बन्द गर्न निर्देशन दिइएको बताइएको छ।

कमेन्ट लोड गर्नुस