सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लपद्धारा बझाङका जनसरकार प्रमुख शाहीको निशर्त रिहाइको माग

२०७६ चैत्र ३, ०९:३५ खबर संवाददाता

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (बिप्लप)ले बझाङका जिल्ला जनसरकार प्रमुख बाजिलाल शाहीको निशर्त रिहाईको माग गरेको छ। बझाँङ विप्लपले सोमबार विज्ञप्ती जारी गर्दे आईतबार थलारा गाउँपालिका ७ को भवानी मावी बाट पक्राउ परेका जनसरकार प्रमुख शाहीको निर्शत रिहाईको माग गरेको हो।

कक्षा भित्र रहेका शाहीमाथी धरपकड गरी प्रहरीले सादा पोसाकमा शिक्षक बनि पक्राउ गरेको आरोप लगाएको छ।  विप्लप बझाँङका ईन्र्चाज विराट र सचिव हरीलाल द्धारा हस्ताक्षरीत विज्ञप्तीमा भवानी माविका शिक्षकहरुले जनपरिषद प्रमुख शाही लगायतलाई छलफलमा बोलाई सुराकीका आधारमा पक्राउ गर्न लगाएको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।

पुँजीबादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागी महाअभियानमा रहेका कार्यकर्तामाथी कार्वाही चलाउन खोजिए संघर्षमा उत्रने चेतावनि समेत दिईएको छ। 

कमेन्ट लोड गर्नुस