कैलालीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा तीन जना घाईते
धनगढी : कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ मा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका हुन्।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको से १ प ९०५२ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको से ३ प १७४५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा तीन जना घाईते भएका जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए।
उनका अनुसार गौरीगंगा नगरपालिका वडा नम्बर ८ का युसुभ बहादुर श्रेष्ठ, धनगढी उप–महानगरपालिका वडा नम्बर १६ का बुधराम चौधरी र दिपेन्द्र चौधरी घाईते भएका छन्।
घाईते तीनै जनाको धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। घाईते बुधरामलाई बढी चोट लागेको प्रहरीले जनाएको छ।