धनगढीमा विद्युत सेवा अवरुद्ध
२०७६ चैत्र १, ०८:०१
धनगढी: धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ। धनगढीको कैलाली गाउँमा विद्युत तारमा आगोलागेपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रले जनाएको छ।
उक्त स्थानमा अहिले मर्मत भइरहेको र अबको आधा घण्टापछि विद्युत सेवा सुचारु हुने प्राधिकरणले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस