सुदूर नेपाललाई विश्वसँग जोड्दै

एउटै बेन्चमा बसेर परिक्षा दिँदै बुवाछोरी

२०७६ फाल्गुन ३०, ०३:४१ प्रकाश सिंह

बाजुरा: ३६ वर्षीय बिस्नु साउद आफ्नो कक्षा ९ को वार्षिक परिक्षा दिदैछन्। उनीसँगै बेन्चमा अर्की किशोरी बसेकी छन्। ती ११ वार्षीया किशोरी पनि कक्षा ४ को वार्षिक परिक्षा दिइरहेकी हुुन। 

सिर्जनाकुमारी साउद नाम गरेकी किशोरी बिस्नुकी छोरी हुन। दुवै बुवाछोरीसँगै एउटै बेन्चमा कसरी परे त ? विद्यालयले सिट व्यवस्थापन गर्दा संयोगवस ती दुवै एउटै बेन्चमा परेको विद्यालयले जनाएको छ। बाजुराको बुढीगंगा नगरपालिका– १० सिगाडा माविमा वार्षिक परिक्षा दिइरहेका बुवा र छोरी अहिले एउटै बेञ्चमा परिक्षा दिइरहेको विद्यालयका शिक्षक हशं विकले बताए।  

बिस्नु यतीबेला पढ्न उमेरले छेक्दैन भन्ने उहादरण बनेका छन्। ‘सामान्य लेखपढ नभए समस्या हुने र सानो व्यापार गर्नका लागि पढ्नुपर्ने आवश्यक ठानेपछि कक्षा ९ मा भर्ना भए’ उनले भने, ‘एसईई त जसरीपनि पास गर्छु, त्योभन्दा माथिको शिक्षापनि सकेसम्म पढने छु।’

बिस्नु साउदले विद्यालय छोडेको २० वर्ष भएको थियो। गतवर्ष कक्षा ८ मा उनी फेरि भर्ना भएका थिए। उनले कक्षा ८ मा राम्रो अंक ल्याएर पास भएको विद्यालयलय जनाएको छ। उनको १० वर्षको छोरा तपेन्द्र साउद कक्षा २ मा त्यही विद्यालयमा अध्ययरत छन्। उनकी श्रीमति भने सामान्य साक्षर मात्र रहेका छन्।    

बिस्नु बुढीगंगा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत छन्। विस्नु भर्ना मात्र नभइ विद्यालयमा नियमित आएर पठनपाठन गर्ने गरेको सिगाडा माविका प्रध्यानाध्यापक विस्नुध्वज शाहले बताए। वडा कार्यालय विद्यालयसँगै जोडिएकाले उनी नियमित कक्षा लिँदै आएका थिए।  बुवा र छोरीलेसँगै एउटै विद्यालयमा पढिरहँदा गाउँका अन्यलाई समेत पढनुपर्छ भन्ने धारणा गएको प्रअ शाहले बताए। 

    

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस