सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवकलाई ठक्कर दिएर भाग्ने चालक एक महिनापछि पक्राउ

२०७६ फाल्गुन २९, ०७:५९ खबर संवाददाता

कैलालीमा युवकलाई ठक्कर दिएर भाग्ने चालक एक महिनापछि पक्राउ परेका छन्। गत माघमा पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा बारबर्दिया नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय शेरबहादुर शाहीलाई ठक्कर दिएर भागेको ट्रेलर सहित चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले सुपप्र ०२००१ क ४८२ नम्बर टेलरका चालक बाँकेको राप्तीसोनारी गाउँपालिकाका  २६ वर्षीय विक्रम थारुलाई आज पक्राउ गरिएको जानकारी दिए।

थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। घटनाको अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। ठक्करबाट घाईते शाहीको उपचारका क्रममा मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस