सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत फेला, चार पक्राउ

२०७६ फाल्गुन २९, ०७:०५ खबर संवाददाता

धनगढी :  कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरका ५० वर्षिय गम्भिर धामी मृत फेला परेका हुन्। प्रहरीका अनुसार मंगलबार साझ साढे ८ बजे सम्म धामी परिवारको सम्पर्कमा थिए।

राती घर नर्फकिएपछि बुधबार बिहान खोजी कार्य भएको थियो। उनलाई बिहान नालामा डुवेको अवस्थामा फेला पारिएको थियो। परिवारको जाहेरीका आधारमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

राजीपुरका १९ वर्षिय सुनिल चौधरी, २० वर्षिय मनोज चौधरी, ५० वर्षिय सेतुराम चौधरी र ५५ वर्षिय भागिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस