सुदूर नेपाललाई विश्वसँग जोड्दै

हलिउड सेलिब्रिटी जोडी कोरोना संक्रमित

२०७६ फाल्गुन २९, ०६:१८

ओस्कार विजेता अभिनेता टम ह्याङ्क्स र उनकी पत्नी अभिनेत्री रिता विल्सनलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ।

अभिनेता टमले बिहीबार ट्वीटर मार्फत यस्तो सार्वजनिक गरेका हुन्। ह्याङ्क्सका अनुसार उनी र उनकी पत्नी विल्सन अष्ट्रेलियामा परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको हो। अष्ट्रेलियामा फिल्मको लागि काम गरिरहेको ६३ वर्षीय कलाकार जोडी काम सकेर सामान्य ज्वरो आएपछि घरमा आराम गर्न पुगेका थिए।

उनीहरु अहिले घरमै ‘आइसोलेसन’ मा स्वास्थ्य निगरानीमा बसेको जनाएका छन्। –एजेन्सी

कमेन्ट लोड गर्नुस