सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीगंगा नगरपालिका कार्यालयमा भएको आगलागीबाट ३६ लाख बराबरको क्षति

२०७६ फाल्गुन २९, ०६:१२ प्रकाश सिंह

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा भएको आगलागीबाट ३६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बुधबार विद्युत सर्ट हुँदा भएको आगलागीबाट कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, औषधि र उपकरण लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भटराइले बताए। 

आगलागीबाट कृषी शाखामा २०३३ सालदेखि रहेका कागजपत्र जलेको नगरपालिकाले जनाएको छ। त्यस्तै उक्त आगलागीबाट किसानलाई वितरण गर्न राखिएको विउ, स्वास्थ्य संस्थामा वितरणका लागि राखिएको औषधि समेत जलेको स्वास्थ्य संयोजक दिपक शाहले बताए। 

आगलागीपश्चात नगरपालिकामा बसेको आपतकालिन बैठकले क्षतिको विवरण संकलन गरेको हो। साथै उक्त बैठकले अब नगरपालिकामा २४ घण्टा चौकीदारको रुपमा कर्मचारी व्यवस्थापन गर्ने र क्षति भएको संरचना निर्माण गर्ने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ।

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस