सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कार दुस्प्रयासका आरोपी सांसद रावलको प्रहरी कार्यालयमै होली

२०७६ फाल्गुन २९, १२:३२ खबर संवाददाता

धनगढी : बलात्कार दुस्प्रयासको आरोप लागेपछि पक्राउ परेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सत्तारुढ नेकपाका सचेतक अक्कलबहादुर रावलले प्रहरी कार्यालयमै होली मनाएका छन्। उनले नेकपाकी नेतृसंग प्रहरी कार्यालयभित्रै होली खेलेका हुन्।

जवरजस्ती करणी उद्योगका अभियुक्त रावलले प्रहरी कार्यालयको सोफामा बसेर होली मनाएको तस्विर सामाजिक सञ्चालजमा आएपछि धेरैले प्रहरीको आलोचना समेत गरिरहेका छन्। कतिपयले प्रहरी उपरिक्षककै कार्यकक्षमा होली खेलेको समेत बताएका छन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने प्रहरी उपरिक्षकको कार्यकक्षमा नभई हलमा होली खेल्न दिएको बताए। उनले भने, ‘रावल मात्रै नभई अन्य अभियुक्तलाई पनि रंग लगाउन दिईएको थियो। प्रहरीको थुनामा रहेका अभियुक्त र कारागारमा रहेका कैदीबन्दीलाई पनि रंग लगाउन दिईएको थियो। ’

रावलविरुद्ध धनगढी उपमहानगरपालिका वडा नम्वर ४ की विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला अदालत कैलालीबाट फागुन १५ गते पक्राउका लागि अनुमती पाएकोमा २१ गते पक्राउ गरेको थियो। आरोप पुष्टि भएकामा रावललाई ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ। 

कमेन्ट लोड गर्नुस