सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिका खोलानालाको अतिक्रमण हटाउन उदासिन

२०७६ फाल्गुन २९, १२:१२ रोशन भट्ट

धनगढी : धनगढी उप–महानगरपालिका खोलानाला अतिक्रमण हटाउन उदासिन बनेको छ। निर्वाचित जनप्रतिनिधी आएदेखि नै अतिक्रमण हटाउने दावी गरिदै आएपनि अहिले सम्म अतिक्रमण हटाउने अभियानको सुरुवात समेत नभएको हो। जस्का कारण उप–महानगरपालिका भित्र रहेका प्रत्येक खोलानालाहरु अतिक्रमणमको चपेटामा परेका छन्। अधिकासं स्थानमा त करोडौँको लगानीमा पक्की संरचना समेत निर्माण भईरहेका छन्। 

उप–महानगरपालिकाले खोलानाला अतिक्रमण हटाउनका लागि समितिनै गठन गरेको थियो।  तर त्यो समितिले पनि प्रभावकारी काम गर्न नसकेको गुनासो धनगढीवासीको छ। ‘खोलानाला अतिक्रमणकै कारण धनगढीमा ठूलो क्षती भईरहेको छ। बर्षातमा डुवानको समस्या छ। तर उप–महानगरपालिकाले अतिक्रमण हटाउन वेवास्ता गर्दै आएको छ।’ धनगढीका स्थानीय पदम बोहराले भने।

उनका अनुसार अतिक्रमणमा उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पनि संग्लनता भएका कारण अतिक्रमण हटाउन वेवास्ता गरिएको हो। उप–महानगरपालिकाले गत वर्ष मात्रै खोलानालाको अतिक्रमण हटाउनको लागि समिति गठन गरेपछि उक्त समितिले पनि प्रविधिक कर्मचारीहरुको एक कार्यदल गठन गरि विवरण संकलन गर्ने काम गरेको थियो।

उक्त कार्यदलले प्राविधिक रिर्पोट तयार पारेको भएपनि कार्यान्वयन भएको छैन्। अतिक्रमण हटाउनको लागि आवश्यक पर्ने खोलाको र खोला नजिकको क्षेत्रफल कतिराख्ने भन्ने विषयमा पनि टुङ्यो नलाग्दा काम हुन नसकेको खोलानाला अतिक्रमण हटाउ समितिका संयोजक तथा धनगढी उप–महानगरपालिका प्रवक्ता सन्तोष मुड्भरीको भनाई छ। उनले दिनेश खवरलाई भने, ‘हामीले हेर्दा खोला देखेका छौ। तर खोलाको आधा भाग सम्म लालपुर्जा नै वितरण गरिएको हुँदा चुनौती छ। ठूलो सङख्यामा संरचना भत्काउन पर्ने देखिएको छ।’ 

धनगढी उप–महानगरपालिकामा कार्यरत ईन्जिजियर कमल ओझाको संयोजकत्वमा खोलानाला अतिक्रमण हटाउनको लागि विवरण संकलन तथा मापदण्द निर्धारण गर्नका लागि प्राविधिक कार्यदल गठन गरिएको थियो। तर ईन्जिनियर ओझा उप–महानगरपालिकाबाट गएपछि उक्त कार्यदल समेत अलपत्र परेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस