धनगढीमा एम्बुलेन्स दुर्घटना
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्वर १८ डिपो बजारमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। जिल्लाको कैलारी गाउँपालिकाबाट धनगढी तर्फ विरामी बोकेर आउँदै गरेको हसुलीया स्वास्थ्य चौकीको बा २ झ १७२९ नम्वरको एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाईते भएका हुन्।
सडकमा गाईलाई बचाउन खोज्दा एम्बुलेन्स पल्टिएपछि एम्बुलेन्समै सवार कैलारी गाउँपालिका वडा नम्वर ४ का ५४ बर्षीय जौवा चौधरी र ४५ बर्षीय विष्मती चौधरी घाईते भएका हुन्। चालक कैलारी गाउँपालिका ३ बस्ने ४० बर्षिय धिरेन्द्र चौधरी र एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खवरलाई बताए।
कैलारी गाउँपालिका वडा नम्वर ४ की ज्योती चौधरीलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको उनले बताए। दुर्घटनामा परि एक गाई पनि मरेको छ।