सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विप्लव नेकपाद्धारा मसाल जुलुस प्रदर्शन

२०७६ फाल्गुन २८, ०८:४० खबर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव ले प्रतिबन्धको एक बर्ष पुगेको अबसरमा मसाल जुलुस प्रदर्शन गरेको छ। कैलालीको बर्दगोरिया गाउँपालिका एक निमुवाबोझिमा आज साझ मसाल जुलुस प्रदर्शन गरेको हो।

 सरकारले लगाएको प्रतिबन्धले नेता कार्यकर्ता फिल्टर गर्न सहयोग पुराएको भन्दै सो पार्टीका नेता संघषले एकीकृत जनक्रान्तिको दिशामा जान सहयोग र्पुयाउने बताएका छन्। मसाल जुलुसका सहभागीले  वर्तमान सरकार विरोधी नारा लगाउदै प्रतिबन्ध फुकुवा , आस्थाका बन्दी रिहाई गर, राष्ट्र घाति एमसिसि खारेजी गर, एकीकृत जनक्रान्ति जारि छ , जस्ता नारा लगाएका थिए।

कमेन्ट लोड गर्नुस