धनगढीमा होली खेल्दा उच्छृङ्खल गतिविधि गर्ने २४ जना पक्राउ, २७ सवारी नियन्त्रणमा
धनगढी : होली पर्व मनाउँदा उश्रृङखल गतिविधि गर्ने थप २४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी क्षेत्रबाट मात्रै होली मनाउँदा उश्रृङखलर गतिविधि गर्ने २४ जनालाई पक्राउ गरिएको हो। सो क्रममा २२ मोटरसाईकल र ५ वटा अटो रिक्सा सहित २७ वटा सवारी पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयसंगै मातहतका निकायबाट थप पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई घटनाको गाम्भिर्यता हेरेर मुद्धा चलाउने वा आफन्तको जिम्मा लगाउने भन्ने विषयमा अनुसन्धान भईरहेको उनले बताए।