सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट होलीमा जथाभावी गर्ने चार जना पक्राउ

२०७६ फाल्गुन २७, ०१:४३ खबर संवाददाता

होलीमा जथाभावी गर्ने चार जना धनगढीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मदिरा सेवन गरी सवारी साधन चलाउने, ट्राफिक नियम उल्लङघन गर्ने तथा अमर्यादित व्यवहार गर्ने चार जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ट्राफिक नियमको उल्लङघन गर्ने र जथाभावी गर्ने चार जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रहरीले होलीलाई लक्षित गर्दै हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्थामा कडाई गरिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस